top of page

लीला श्रेष्ठ, भक्तपुर

जेष्ठ ९, २०७३- रातमाटे १, महादेवस्थान नुवाकोटकी १८ वर्षीय अञ्जना थापा र महादेवस्थान ८, मण्डनपौवा काभ्रेका २८ वर्षीय श्याम श्रेष्ठको रातमाटेमै चिनजान भयो । ५ वर्षीय छोराका बाबु श्याम र अञ्जनाको भेट कामकै सिलसिलामा ३ वर्षअघि भएको हो । श्याम रातमाटेमा ट्रक चलाउँथे भने अञ्जना त्यतिबेला कक्षा १० मा पढदै थिइन् ।

एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि श्यामकै सल्लाहमा अञ्जना काठमाडौं आइन् । कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना भई कौशलटार बस्दै आएकी उनी गत साउनदेखि सूर्यविनायकस्थित गणेशकुमार दुवालको घरको चौथो तलामा बस्दै आएकी थिइन् । सधैंको भेटघाटपछि गत मंसिरदेखि भने उनीहरू ‘लिभिङ टुगेदर’ मा थिए ।
अञ्जनासँगको सम्बन्ध बाक्लिएपछि श्रीमतीसँग श्यामको सम्बन्ध चिसियो । उनले श्रीमती र घरपरिवारलाई हेरचाह गर्न छाडे ।

श्याम र अञ्जनाको झाँगिएको सम्बन्धमा गत वैशाखदेखि खटपट पर्न थाल्यो । अञ्जना नुवाकोट गएर फर्किएपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो । सधैं फोन सम्पर्क, भेटमा झगडा हुन थाल्यो । अञ्जनाले श्यामको फोन उठाउन पनि छाडिन् ।

पछिल्लो समय भक्तपुर–कलंकी चल्ने ७ नम्बर रुटको बा३ख ५०८२ नम्बरको मिनीबस चलाउँदै आएका श्याम गत वैशाख २१ गते साँझ बस सूर्यविनायक चोकमा पार्किङ गरी मदिरा सेवनपछि अञ्जनाको कोठामा गए । उनी कोठामा पुग्दा अञ्जना बेलुकाको खाना पकाइवरी बाथरुममा नुहाइरहेकी थिइन् । त्यतिन्जेल श्यामले अञ्जनाको मोबाइल चलाएर बसे । मोबाइल चलाएकै नाममा विवाद बढेपछि श्यामले अञ्जनालाई टाउको र कन्चटमा मुक्का हानर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कन्चटमा मुक्का लागेर भुईंमा लडेकी अञ्जना उठिनन् । ‘यसअघि पनि बेहोस भएको नाटक गर्थी र अहिले पनि बहाना पारेको भनेर त्यतिकै छाडें,’ श्यामले प्रहरीलाई बयान दिएका छन् । अञ्जनालाई भुईंमै छोडेर उनी अञ्जनाको ओछयानमा सुतेर निदाए । निन्द्राबाट ब्युझँदासमेत उनी नउठेपछि श्यामले भुईंबाट उठाएर ओछयानमा राखे । ओछयानमा राखेपछि पनि केही प्रतिक्रिया नदिएपछि श्यामले अञ्जना मरी भन्ने लागेर कोठाबाट निस्केर आफूले चलाउने गरेको बसमै गई सुते ।

भोलिपल्ट बिहानै श्याम पुन: अञ्जनाको कोठामा पुगे । अञ्जना मृत अवस्थामै पाएपछि ढोकाबाहिरबाट चाबी लगाएर चाबी सोही ढोकामाथिको चेपबाट भित्रै खसाली हिँडेको
अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

अञ्जनाको मृत्युपछि उनले श्रीमतीलाई फोन गरी च्याम्हासिंहस्थित डेरामा गए । घटनाको वास्तविकता नबताई अञ्जना झुन्डिएर मरी अब हामी यहाँ नबसौं पुलिसले पक्रिन्छ भनी श्रीमती र ५ वर्षीय छोराका साथ कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत पन्जाबको लुधियानास्थित आफन्तकोमा पुगेका थिए । भारतबाट पुन: श्रीमती र छोराको साथ कञ्चनपुर नाका हुँदै नेपाल फर्कने क्रममा उनलाई गत बुधबार दाङको लमहीमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुई दिनसम्म अञ्जनाको चहलपहल रोकिएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको लामो प्रयासपछि मृतक अञ्जनाको हत्या आरोपी श्यामलाई पक्राउ गरेको जगातीका प्रहरी प्रमुख डीएसपी मित्रबन्धु शर्माले बताए । शर्माका अनुसार हत्याको थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रकाशित: जेष्ठ ९, २०७३



 

कृष्ण थापा, रसुवागढी(रसुवा)

 

जेष्ठ ९, २०७३- चिनियॉ रेलबाट सिगात्से ल्याइएको व्यापारिक सामान शनिबार रसुवागढी नाका भित्र्याइएको छ । रसुवा भन्सारका अनुसार केरुङको पाङसिङबाट ६ वटा कन्टेनर मार्फत सामान रसुवागढी भित्र्याइएको हो ।

 ‘रेल मार्फत ल्याएको सामान आइपुगेको छ,’ भन्सार प्रमुख केदार पनेरुले भने, ‘आइतबार राजधानी पुग्छ ।’ आयातित अधिकांश सामान किलिप (काँटा, जुत्ता, चप्पल) लगायतका छन् । चिनियॉ सञ्चार माध्यमले जनाएअनुसार गान्सु प्रान्तस्थित लान्झाउबाट सामान रेलले सिगात्से ल्याएको हो ।

त्यहाँबाट ट्रकमा राखेर यता ल्याएको छ । घरायसी प्रयोजनका लागि ८६ कार्गो कन्टेनर सामान ल्याएको थियो । रेलले २ हजार ४ सय ३१ किलोमिटर पार गरेर सिगात्सेसम्म आएको थियो ।

सिगात्सेबाट केरुङसम्म (जिलोङ काउन्टी) ५ सय ६४ किलोमिटर पार गर्नुपर्छ । केरुङबाट ५ किलोमिटर टाढा पाङसिङमा अहिले ३ सय गाडी अट्ने भन्सार यार्ड बनाइएको छ ।

केरुङ रसुवागढी नाकाबाट केरुङ पुग्न २४ किलोमिटर पार गर्नुपर्छ । सामान आयात गर्न जलमार्गको तुलनामा स्थलमार्गबाट कम समय लाग्ने व्यवसायीले बताएका छन् । चीनमा लोड डरेको ११ दिनमा सामान सीमामा आइपुगेको छ ।

भन्सार अधिकारीहरूले हल्ला गरेको जस्तो नभई सामान नियमित प्रक्रिया भएको हो । ‘पहिला सिगात्सेसम्म रेल नआउँदा व्यापारीले गाडीमा सामान आयात गर्थे,’ भन्सार प्रमुख पनेरुले भने, ‘हाल रेलले त्यहाँसम्म ल्याउने हो । त्यसपछि चीनको केरुङसम्म गाडीबाटै ल्याउनुपर्छ ।’

प्रवेश नदिंदा हैरानी
चीनले नेपालीलाई केरुङ प्रवेशमा रोक लगाउ‘दा सिर्जित समस्याले व्यापारिक कारोबार प्रभावित भएको छ । सयौं व्यापारीले आफ्नो लाखौं रुपैयॉको सामान असुरक्षित रहेको गुनासो गर्दै आएका छन् । सामान ओसार्ने कन्टेनर चालक पनि रसुवाकै हुनुपर्ने प्रावधानले सामान र कन्टेनर असुरक्षित भएको उनीहरूको भनाइ छ ।

व्यवसायी बुद्धराज बस्नेतका अनुसार रसुवाका प्रत्येक चालकलाई १५ देखि २० हजार दिएर कन्टेनर केरुङ पठाउने गरिएको छ । ‘राजधानीबाट कन्टेनर लिई आउने चालक केरुङ जान पाउँदैन,’ बस्नेतले भने, ‘अन्य जिल्लाकालाई पास उपलब्ध गराएर उता जाने अनुमति चीनले नदिएसम्म समस्या उस्तै रहन्छ ।’

सामान धनी र कन्टेर चालक उता जान पाइ‘दैन । बस्नेतका अनुसार आफ्नो सामान कसले लोड गर्‍यो ? कति गर्‍यो ? त्यसको अवस्था थाहा पाउन सकिंदैन । कन्टेर नेपाल प्रवेश गरेपछि मात्र सामान हेर्न पाइन्छ ।

सामान हराउने, टुटफुट भएकाले लाखौं रुपैयॉ घाटा व्यहोर्नुपरेको छ । व्यापारी धेरै मर्कामा परे पनि सम्बन्धित निकायले निकास नदिएको गुनासो बस्नतेले गरे । चीनले ‘एकदिने’ प्रवेश पास दिनुपर्ने माग व्यापारीले गर्दै आएका छन् ।

चिनियॉ र नेपाली अधिकारीबीच सीमा बैठकमा भएको सहमतिअनुसार यसअघि १०/१५ जनालाई चीनको केरुङसम्म जान दिने प्रावधान राखिएको थियो । उक्त प्रावधानलाई सीमा क्षेत्रका नेपाली सुरक्षा अधिकारीले आफूखुसी लागू नगरेको स्रोतको दाबी छ ।

सहज प्रवेशमा रोक लगाएपछि आफूहरू नै हर्ताकर्ता हुन पाइने भन्दै प्रहरीले रोकेको स्रोतको दाबी छ । दैनिक केही व्यक्तिलाई प्रवेश दिने सहमति भए पनि प्रहरीले झन्झट लगाएर उता जान असहयोग गरेको व्यवसायीको आरोप छ ।

भन्सार कारोबार प्रभावित
रसुवा भन्सार यार्डमा सामान बोकेका दुई सयभन्दा बढी कन्टेनर थन्केको दुई साता भइसकेको छ । पछिल्लो समय भन्सारले मूल्यांकनमा कडाइ गरेपछि व्यवसायीले सामान छटाउन मानेका छैनन् । खासगरी तयारी पोसाक, जुत्ता, चप्पलगायतका व्यापारिक सामान नाकामा रोकिएको छ ।

पछिल्लो समय भन्सार विभागले रसुवाको राजस्व लक्ष्य बढाएपछि मूल्यांकनमा पनि बढी कडाइ गरिएको स्रोतको दाबी छ । ३/४ वर्ष अघिसम्म ५ हजार देखि २७ लाखसम्म राजस्व संकलन गर्ने भन्सार कार्यालयले अहिले मंसिरदेखि चैतसम्ममा एक अर्ब राजस्व संकलन गरेको छ ।

 

 

प्रकाशित: जेष्ठ ९, २०७३



 

KATHMANDU: CPN Maoist Centre Chairman Pushpa Kamal Dahal on Sunday proposed work division of its leaders at the newly unified party’s first Central Committee (CC) meeting in Kathmandu.

The CC meeting would resume at 1 pm tomorrow and would finalise the work division of the CC members on Monday itself, according to Dahal’s secretariat.

Meanwhile, Dahal also presented a political report at the CC today, describing likely effects of the Maoist unity on the contemporary issues of national and global politics.

The meeting started at 3 pm and lasted for two hours.

On May 19, as many as 10 parties and groups following Maoist ideologies — including Dahal-led UCPN-Maoist, Ram Bahadur Thapa-led CPN-Revolutionary Maoist, Mani Thapa-led Revolutionary Communist Party and Matrika Yadav-led CPN (Maoist) — had merged to form the new party under the leadership of Dahal.

Other office bearers of the new party, however, are yet to be named.

The Nepal Today:-

नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले राजनीतिमा लगेर देश विकास गर्ने सोचमा आफु पुगेको बताउनु भएको छ |

केहि समय अगाडी कार्यक्रम देखाउन अमेरिका आएका हमालले द नेपाल टुडेसंग भन्नुभयो, "मैले राजनीति गर्ने कुराको निर्णय गरें तर कुन पार्टीबाट गर्ने भन्ने निर्णय गरेको छैन |"

"मुख्य कन्फ्युजन कुन पार्टीमा प्रवेश गरौँ भन्नेमा नै छ " हमालले भन्नुभयो |

आफु सधै डेमोक्रेसीको पक्षमा रहेको उल्लेख गर्दै हमालले भन्नुभयो, "तर म सयौं बर्ष पुरानो वाद र सिद्धान्तलाइ हुबहु मान्दै हिड्ने पक्षमा छैन |"

विकास, रोजगार र देशको समृद्धिलाई जुन पार्टीले सहयोग गर्छ, त्यही पार्टीमा जाने र सहयोग गर्ने हमालको भनाई थियो |

राजनीतिमा लागेर रातारात परिबर्तन गर्न सक्छु भन्ने लाग्दैन तर केहि त पक्कै गर्न सक्छु भन्ने महानायक हमालसंग राजनीति, कलाकारिता र उहाँको जीवनका अन्य पक्षका बारेमा द नेपाल टुडेका प्रधान सम्पादक सतिश चापागाईंले गरेको गरेको कुराकानी प्रस्तुत छ:
 

दश मिनेटमै बग्यो बजार

May 14, 2016

14 May 2016 | 14:25pm १ जेष्ठ, २०७३ गोविन्द केसी -http://www.nagariknews.com

 

 

दहिखोला (दैलेख)–होटलभरी सडकमा काम गर्ने ६० जना मजदुरसहित बसेका रावत होटल सञ्चाल गोकर्ण रावत एक्कासी लेकतिरबाट ठूलो आवाज सुनेपछि बाहिर निस्किए। ठूलो पानी परेकाले उनी बाहिर निस्किएर हेर्दा बाढी दहिखोला नजिक आइसकेको थियो। 

बजारका १३ घर केही पुरिए त केही बगेर कर्णाली नदीमा मिस्याएका छन्। क्षण्भरमै लेकबाट आएको दहिखोलाले बजार बगरमा परिणत गरेको स्थानीय बताउँछन्। ७ घर दैलेखतिरका रहेका छन् भने ६ घर कालिकोटतिरका बगेका छन्। करिव २ करोडको क्षति भएको अनुमान प्रहरी र स्थानीयले गरेका छन्। ब्यापारिक केन्द्रसमेत थियो दहिखोला। 'ठूलो पानी र असिना परिरहेको थियो,' दहिखोलामा लामो समयदेखि होटल संञ्चालन गरिरहेका गोकर्ण रावत भन्छन्, 'मैले सबैलाई घर छोड्न भनेको १० मिनेटमै बजार बगर भयो । खुसीको कुरा त धनभन्दा नी धेरैको ज्यान बच्यो ।' घर बग्नेहरुमा दैलेख पिपलकोट– ४ दहिखोलाका लगोकर्ण रावत, कटक थापा, रामबहादुर बस्नेत, भगीराम थापा, नरेन्द्र बस्नेत, हिक्मत रावत, जयबहादुर विष्ट र कृष्णबहादुर थापा रहेका छन्। त्यस्तै कालिकोट भत्ता – ६ दहिखोलाका जवनसिह सुनार, दत्तबहादुर रावत, मानबहादुर विष्ट, कलमबहादुर थापा, लालबहादुर कार्की, मानबहादुर बस्नेत र मनोज कार्कीको घर रहेको प्रहरीले जानकारी दिएको छ । खानो खोलामाथि ठूलाठूला ढुंगा आउन थालेपछि आफू भागेर बाचेको कटु बस्नेतले बताए। दहिखोला आसपास कालिकोट र दैलेखको सिमाना रहेको दहिखोलामा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि बसेको बजार हो।

एक जना मृत्यु, एक वेपत्ता

शुक्रबार साँझतिर आएको बाढीले घर पुरिदा एक जना महिलाको मृत्यु भएको छ। पुरिएको मृत्युहुनेमा वर्ष ३५ वर्षकी गिता थापामगर रहेकी छिन्। त्यस्तै बेपत्ता हुनेमा सिहासैन – ९ का रंग विक रहेका छन्। भाग्दाभाग्दै पिपलकोटका विशाल सलामी घाइते भएका छन्। बाढी लगत्तै दहिखोलामा रहेका करिव १ सय २५ जना स्थानीय तथा रोडमा काम गर्ने कामदार भागेर ज्यान जोगाउन सफल भएका थिए । २ ट्याक्टर बगाएको छ भने एउटा मोटरसाइल बगाएको स्थानीयले बताए । घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी प्रमुख वीरबहादुर ओली, समसुर गुल्मका गुल्मपती सुर्यकान्त घिमिरे उद्धारका लागि आएका थिए।उद्धारमा स्थानीयका साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। पहिरोले सडक नै अवरुद्ध भए पछि यातायातका साधनहरु ठप्प भएका छन् ।

भारतीय सेना हतियार शहीत आए भने चिनीय सेना बेल्चा लिएर आए -

May 14, 2016

Onlineherpal.com

काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ।
नेपाल सरकारको अनुरोधमा खासाको नाका हुँदै आइतबार चिनिया सशस्त्र प्रहरी सिन्धुपाल्चोकबाट पहिलो पटक नेपाल पसेको हो। 

एक्स्काभेटरसहित आएका चिनिया प्रहरीहलाई सीमा क्षेत्रमा नेपाल प्रहरीको टोलीले स्वागत गरेको थियो । भूकम्पका कारण पहिरो गएर अवरुद्ध तोतोपानी–बाह्रबिसे सडक खोल्न सो टोली आइतबारै परिचालित भएको छ। शनिबारको महाभूकम्पले ल्हासाबाट काठमाडौँ आउने सडकमार्गअन्तर्गत नेपाल–तिब्बत क्षेत्र समेत क्षतिग्रस्त गराएको थियो । तिब्बत क्षेत्रको ८ सय २९ किलोमिटर खण्डको क्षतिग्रस्त भाग शुक्रबार खोलेपछि आइतबार चिनिया टोली नेपाल पसेको हो । रसुवागढी–केरुङ नाका खुला गरिए पनि अहिलेसम्म तातोपानी–खासा नाका नै नेपाल–चीन ब्यापारको प्रमुख नाका रहँदै आएकोमा महभूकम्पदेखि नेपाल–चीन व्यापार पूरै ठप्प छ ।

आइतबार आएको टोलीमा चिनिया सशस्त्र प्रहरीका करिब ५ सय अधिकारीसहित इन्जिनियरिङ विभागका १ सय ८० युनिट चार समूहमा विभाजित भई सडक खोल्न परिचालन गरिने ब्रिगेडका एक कमान्डर फु लिङले बताएका छन् । चिनिया प्रहरीले नेपालको कानुन–नियमभित्र रहेर, स्थानीयको धार्मिक विश्वासलाई सम्मान गर्दै भूकम्पपीडितलाई राहत सहायता उपलब्ध गराउनेु उनले बताएका छन् ।

Please reload

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page