भारतीय सेना हतियार शहीत आए भने चिनीय सेना बेल्चा लिएर आए -
- Onlineherpal.com
- May 15, 2016
- 1 min read
StartFragment
काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ। नेपाल सरकारको अनुरोधमा खासाको नाका हुँदै आइतबार चिनिया सशस्त्र प्रहरी सिन्धुपाल्चोकबाट पहिलो पटक नेपाल पसेको हो।
एक्स्काभेटरसहित आएका चिनिया प्रहरीहलाई सीमा क्षेत्रमा नेपाल प्रहरीको टोलीले स्वागत गरेको थियो । भूकम्पका कारण पहिरो गएर अवरुद्ध तोतोपानी–बाह्रबिसे सडक खोल्न सो टोली आइतबारै परिचालित भएको छ। शनिबारको महाभूकम्पले ल्हासाबाट काठमाडौँ आउने सडकमार्गअन्तर्गत नेपाल–तिब्बत क्षेत्र समेत क्षतिग्रस्त गराएको थियो । तिब्बत क्षेत्रको ८ सय २९ किलोमिटर खण्डको क्षतिग्रस्त भाग शुक्रबार खोलेपछि आइतबार चिनिया टोली नेपाल पसेको हो । रसुवागढी–केरुङ नाका खुला गरिए पनि अहिलेसम्म तातोपानी–खासा नाका नै नेपाल–चीन ब्यापारको प्रमुख नाका रहँदै आएकोमा महभूकम्पदेखि नेपाल–चीन व्यापार पूरै ठप्प छ ।
आइतबार आएको टोलीमा चिनिया सशस्त्र प्रहरीका करिब ५ सय अधिकारीसहित इन्जिनियरिङ विभागका १ सय ८० युनिट चार समूहमा विभाजित भई सडक खोल्न परिचालन गरिने ब्रिगेडका एक कमान्डर फु लिङले बताएका छन् । चिनिया प्रहरीले नेपालको कानुन–नियमभित्र रहेर, स्थानीयको धार्मिक विश्वासलाई सम्मान गर्दै भूकम्पपीडितलाई राहत सहायता उपलब्ध गराउनेु उनले बताएका छन् ।
EndFragment
Comments