पेस्तोलसहित ठमेलबाट एक युवती पक्राउ
- मिडिया एनपी
- Jun 25, 2016
- 1 min read

काठमाडौँ ११ असार । ठमेलको नर्सिङ चोक पेस्तोलसहित एक युवती र एक युवक पक्राउ परेका छन् । ठमेल नर्सिङ चोकमा एक युवक र युवती झगडा गरिरहेको देखेपछि झगडा छुट्याउने क्रममा नक्कली पेस्तोल फेलापरेको थियो ।
पक्राउ पर्नेमा काठमाडौं सामाखुशी बस्ने २१ वर्षीय ज्ञानसागर लामा र काठमाडौं नयााबानेश्वर बस्ने २१ वर्षीया निर्मला लामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई महानगरीय प्रहरी बृत्त लैनचौर राखिएको छ ।
Comments