top of page

जङ्गली च्याउ खाँदा २९ बिरामी

  • purbelinews.com
  • Jun 24, 2016
  • 1 min read

त्रिशूली (नुवाकोट), १० असार । सामरी गाविसमा जङ्गली च्याउ खाँदा २९ जना बिरामी परेका छन् । सामरी गाविस–६ मैबल गाउँका सात घरपरिवारका मानिस बिरामी भएका हुन् । बिहीबार साँझ च्याउ खाएका स्थानीयवासी आज बिहानदेखि बिरामी पर्न थालेका हुन् । पेट दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएपछि बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको प्रहरीले जनाएको छ ।

बिरामीमध्ये दार्शन तामाङ, लेन्देन तामाङ, दावा तामाङ, नाम्जेल तामाङ र सन्चमाया तामाङको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला अस्पतालले जनाएको छ । अहिले अस्पतालमा २४ जनाको उपचार भइरहेको छ ।

हरेक वर्ष गाउँ नजिकैको जङ्गलबाट च्याउ ल्याएर खाने स्थानीयवासी यस वर्ष मात्र बिरामी परेका हुन् । “पहिले पनि त्यही जङ्गलको च्याउ खाँदा केही भएको थिएन । यो वर्ष के भयो के ?” मैबलका बिरामी ६३ वर्षीया वीरमान तामाङले भन्नुभयो ।


 
 
 

Comentários


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page