top of page

बेलायतको यस्ताे निर्णय जसले बिश्वलार्इ पर्याे ठुलाे झड्का

  • purbelinews.com
  • Jun 24, 2016
  • 2 min read

लन्डन । बेलायतमा बिहीबार भएको जनमत सङ्ग्रहको परिणाम युरोपेली सङ्घमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापी रुपमा झड्का उत्पन्न भएको छ । बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा यसको असर के कस्तो पर्ला भन्ने बारेमा विभिन्न हिसाबले प्रतिक्रियाहरु आउन थालेका छन् । युरोपेली देशहरुको साझा संस्थाका रुपमा रहेको यस सङ्घको साठीवर्षे इतिहासमा वर्षे इतिहासमा बेलायत यसरी बाहिरिने पहिलो राष्ट्र भएको छ भने अर्कातर्फ यस्तो निर्णय गर्ने बेलायत नै यो पहिलो राष्ट्र पनि भएको छ ।

यो निर्णयसँगै बेलायतलाई पनि एकीकृतरुपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि बैज्ञानिकहरुले गरेका छन् । स्कटल्याण्डले आफू युरोपेली सङ्घबाट अलग भएर बस्न नसक्ने जनाएको छ भने बहुसङ्ख्यक नभएपनि ठूलो सङ्ख्याका मानिस पनि यो निर्णयमा अडिग रहेका छन् । यसरी युरोपेली सङ्घमा रहन नहुने भनी निर्णय गर्ने व्यक्तिको सङ्ख्या दश लाखभन्दा पनि बढी रहेको छ । यसलाई पनि ठूलो सङ्ख्याको रुपमा लिनुपर्ने हुन्छ ।

बिहीबार भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत नागरिकले उक्त सङ्घमा नरहने पक्षमा मतदान गरिसकेका छन् । भने रहनुपर्छ भन्नेहरु ४८ प्रतिशत छन् । यसरी यो सङ्ख्या हेर्ने हो भने दश लाखभन्दा बढीको फरक देखिएको छ । यो फरक मतदान पछि अन्ततः बेलायत अब उक्त सङ्घमा नरहने त निश्चित नै भइसकेको छ । जुन २३ को इतिहासलाई हामीले बेलायतको स्वतन्त्रता दिवससरह मान्नुपर्ने हुन्छ भन्छन् इयु विरुद्धको अभियानका नेता निगेल फारेज ।

उनका अनुसार अब बेलायतका लागि यो ठूलो अबसर पनि हुनसक्छ र जसले गर्दा आगामी दिनमा यसले युरोपेली युनियनबाट बाहिरिएर ठूलो काम गरेर पनि देखाउन सक्छ । हामीले यो काम गरिछोडेका छौँ, अन्ततः हामीले जितेका छौँ– युरोपेली सङ्घमा रहनु हुन्न भन्ने अभियानका अभियन्ताहरुले यस्तो नाराबाजी गर्दै विजय जुलुश मनाइरहेका छन् ।

उनीहरुले बाहिर निश्कियौँ बाहिर निस्कियौँ (वि आर आउट) भन्दै नाराबाजी गरेका समाचारमा जनाइएको छ । यतिखेर विश्वको छलफलको विषय नै यही बनेको छ । उनीहरुले बेलायत बाहिरिएर के फाइदा हुन्छ वा के घाटा पर्छ भन्ने विषयलाई छलफलको केन्द्रमा राखेका छन् । यसको प्रत्यक्ष असर बेलायतको सेयर बजारमा पनि परेको छ । सेयरको सुरुवात मा नै यो बजार कम्तीमा पनि आठ प्रतिशतले घटेको थियो ।

तर बेलायतको बैंकले भने आर्थिक क्षेत्रमा कुनै पनि समस्या उत्पन्न हुन नदिने भन्दै लगानीकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ । यतिखेर बेलायतको राजधानी लन्डनदेखि कैयौँ स्थानमा बिजय जुलुशहरु निकालिएको छ । जुलुशमा बेलायती नागरिकले आफ्नो पक्षमा मत आएको भन्दै खुसी व्यक्त पनि गरेका छन् ।


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page