दोलखा केन्द्रबिन्दु भएर भुकम्पको धक्का, भौतिक पूर्वाधार हल्लिँदा मानिसहरुबीच भागाभाग
- मिडिया एनपी
- Jun 25, 2016
- 1 min read

दोलखा, ११ असार । शनिबार साँझ ७ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर गएको पराकम्पनले केही बेर दोलखाबासीको सातो नै लियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र सिन्धुपाल्चोकको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ३।९ म्याग्निच्यूडको परकम्प गएको हो । गत वर्षको वैशाख १२ गतेकै विनाशकारी गोरखा भुकम्पको पराकम्प भएपनि यसले कडा धक्का दिँदा घर र अन्य भौतिक पूर्वाधार हल्लिँदा सर्वसाधारणबिच केहीबेर भागदौड मच्चिएको थियो । गत वर्षको गोरखा भुकम्पपछि त्यसका पराकम्प जाने क्रम अझै नरोकीएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Opmerkingen