top of page

फेरि जंगल पस्ने देव गुरुङको धम्की

  • मिडिया एनपी
  • Jun 25, 2016
  • 1 min read

काठमाडौं, ११ असार । द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण आयोगको दायरामा नल्याए जंगल जाने नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले धम्की दिएका छन् । आफूहरुले पटक पटक ध्यानाकार्षण गराउँदा पनि द्वन्द्वकालीन मुद्दाको वेवस्ता गरेको भन्दै यहि क्रम जारी रहे आफूहरु फेरि युद्वको बाटोमा जाने चेतावनी दिएका हुन् ।

अदालतमा विचाराधीन द्वन्द्वकालीन सबै मुद्दा आयोगको दायरामा ल्याउने विषयमा प्रमुख सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच गत वैशाखको तेस्रो साता भएको सहमति कार्यन्वयनमा आएको छैन ।

राजनीतिक निर्णयबाट हल गरिनुपर्ने विषयलाई कानूनी प्रक्रियामा लगे माओवादी नेताहरुसामु जेल जाने र युद्व गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्था आउने भन्दै उनले त्यसबेला दोस्रो विकल्प रोजेर जङ्गल जाने उल्लेख गरे ।


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page