प्रधानमन्त्रीले गरे हेवा खोला ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन
- कृष्ण ओझा/Phidim
- Feb 15, 2017
- 1 min read

पाँचथरः पाँचथर पावर कम्पनीद्वारा निर्मित १५ मेघावाटको परियोजना प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । २०६७ सालमा निर्माण सूरु गरीएको आयोजना निर्माण भइसक्दा दुई र्अब ६० करोड खर्च भएको प्रबन्धक पुष्पज्वती ढूंगानाले बताए ।
प्रम दाहालले सरकारले साना देखि ठूला जलासययुक्त परीयोजनालाई प्राथमीकतामा राखेको बताए । सरकारले चाँडै स्थानीय निर्वाचनको मिति घोषणा गर्न लागेको बताए । पूर्वसभामूख शूभाषचन्द्र नेम्वाङले जलविधूत आयोजना बनाउन पाँचथरका सांसदहरुको भूमिका रहेको बताए ।
सांसद भिष्मराज आङदम्बेले सात सय मेघावाट तमोर जलासययुक्त परियोजना जनताको लगानीमा सम्पन्न गर्न पहल हूने बताए । पूर्व साम्सद तथा एमाले जलश्रोत तथा उर्जा सचिव वसन्त कूमार नेम्वाङको अगूवाइमा परीयोजना समपन्न भएको हो ।
Comments