top of page

अविरल वर्षाका कारण विराटनगर डुबानमा

  • medianp.com
  • Jun 25, 2016
  • 1 min read

विराटनगर, ११ असार । आज बिहानदेखि अविरल वर्षाका कारण यहाँका दर्जनाँैं घरमा पानी पसेको छ भने सडक भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ ।

विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेका कारण पानीको समुचित निकास हुन पाएको छैन । बिहान ५ः३० बजेदेखिको वर्षाले गर्दा बसपार्क डुबानमा परेको छ । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिसहरु घरबाट बाहिर निस्कन आँट गरिरहेका छैन् ।

लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ । बिहानदेखि कुनै पनि विमान अवतरण नभएको विराटनगर विमानस्थलले जनाएको छ ।

निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तरमा व्यापक रुपमा वृद्धि भएको छ । बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ ।

प्रजिअ तोयम रायले ती दुई गाविसमा क्षतिको जानकारी प्राप्त नभएको बताउनुभयो । ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित थिए ।


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page