अमेरिकाको रात्रीक्लबमा गोली चल्दा ५०को मृत्यु
- 10:02am सोमबार ३१ जेष्ठ, २०७३ एजेन्सी
- Jun 17, 2016
- 2 min read
अमेरिका–फ्लोरीडा राज्यको ओल्र्यान्डो शहरस्थित एक रात्रीक्लबमा आईतबार बिहानीपख एक हमलाकारीले गोली चलाउँदा मर्नेको संख्या ५० पुगेको छ । योसँगै राज्यमा 'इमर्जेन्सी' घोषणा गरिएको छ ।
हमलाकारीको नाम ओमार माटिन रहेका अधिकारीहरले बताएका छन् । आक्रमणमा थप ५३ जना घाइते भएको पनि प्रहरीले जनाएको छ । ओल्र्यान्डोको यो घटनालाई अमेरिकामा पछिल्लो समय भएको सबैभन्दा ठूलो घटना मानिएको छ । अधिकारीहरुले बन्दुकधारीले कुनै सिद्धान्त प्रेरित भइ आक्रमण गरेको हुन सक्ने आंशका गरेका छन् । उनीहरुले बन्दुकधारी कुनै समूहसँग आबद्व भएको प्रमाण फेला नपरेको बताएका छन् । प्रहरीका अनुसार राइफल र ह्यान्डगन बोकेका बन्दूकधारीले केहीलाई बन्धक बनाएका थिए । करिब तीन घन्टापछि क्लब भित्र छिर्न सफल प्रहरीले बन्धक बनाएकालाई उद्धार गर्नुका साथै बन्दुकधारीलाई मारिदिएका थिए । फ्लोरीडाका अधिकारीहरुले सो घटनालाई आतंकवादी क्रियाकलापको रुपमा अनुसन्धान गरिंदै गरेको बताएका छन् । 'तर यसमा घरेलु आतंकवादी संलग्न छन् वा अन्तर्राष्ट्रिय अनुसन्धानको क्रममा छौं ,' फ्लोरिडा प्रहरीले भनेको छ । सो आक्रमणमा घाईते भएका ५० भन्दा धेरैलाई अस्पताल पुर्याइएको छ । एक्लै रहेको बताइएको आरोपित बन्दुकधारी स्थानिय क्षेत्रका नभएको प्रहरीको भनाई छ । 'पल्स' नामक रात्रीक्लब समलिंगीहरुको क्लब भएको बताइन्छ । घटनाका बेला त्यहाँ एक सयभन्दा धेरै जना रहेको बताइएको छ । ओल्र्यान्डो प्रहरी प्रमुख जोन मिनाले बन्दुकधारी रातको करिब दुई बजे क्लब प्रवेश गर्न लागेको जानकारी दिए । बन्दुकधारी क्लब भित्र प्रवेश गर्नु अघि सुरक्षामा तैनाथ प्रहरीसँग गोली हानाहान भएको थियो । तर ड्युटीमा रहेको प्रहरीले बन्दुकधारीलाई रोक्न नसकेपछि बन्दुकधारीले क्लब भित्र प्रवेश गरेर केहीलाई बन्धक बनाएको थियो । बन्धक बनेका केहीले आफ्नो स्थिति अवगत गराउँदै आफन्तलाई सन्देश पठाएपछि बिहानको ५ बजे प्रहरीले आक्रमण विज्ञ प्रहरीहरु पठाएको थियो । मास शुटिंग ट्र्याकर नामक एक संस्थाका अनुसार सन् २०१५ मा मात्रै अमेरिका भर मास शुटिंग अर्थात आम गोलीबारीका करीब ३२७ घटना भएका थिए । जसमा परी ४७५ जना मारिएका तथा १८७० जना घाईते भएका बताइएको छ । एकै घटनामा चारजनाभन्दा धेरै मारिएका वा घाईते भएका घटनालाई आम गोलीबारीको घटना मानिने गरिन्छ ।
コメント