top of page

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

  • | 08:02am बिहीबार १४ जेष्ठ, २०७२ एजेन्सी
  • Jun 17, 2016
  • 2 min read

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

सिंहले कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलायन्स युपिए सरकारद्वारा तयार पारि कार्यान्वयन थालिएका योजनालाई नै मोदीले ‘मेक इन इन्डिया' नामबाट लागू गरेको दाबी गरे। मंगलबार गठनको एक वर्ष पूरा गरेको नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारमाथि आरोप लगाउँदै पूर्वप्रधानमन्त्री सिंहले अहिले भाजपा सरकारको कार्यकालमा लोकतान्त्रिक संस्थाहरू जोखिममा रहेको बताए। सिंह राजधानी नयाँ दिल्लीमा बुधबार कंग्रेसको छात्र संगठन नेसनल स्टुडेन्टस् युनियन अफ इन्डियाद्वारा आयोजित कार्यक्रममा बोल्दै युपिए सरकारका योजना नक्कल गरेको आरोप मोदी सरकारमाथि लगाएका हुन्। सिंहले सर्वसाधारणको ध्यान अनावश्यक विषयमा मोड्नका लागि नै भाजपाले भ्रष्टाचारको मुद्दा उठाएको दाबी पनि गरे। उनले कहिल्यै पनि आफू, आफ्नो परिवार अथवा साथीभाइको फाइदाका लागि सरकारी रकम खर्च नगरेको पनि बताए। उनले आफ्नो कार्यकालमा नीति नियम ठप्प पारेर काम गरेको आरोप झूठो भएको बताए। उनले आफ्नो कार्यकालमा भारतको अर्थव्यवस्था द्रुत गतिमा विकास भइरहेको अर्थव्यवस्थामध्ये रहेको पनि दाबी गरे। भारतको दूरसञ्चार प्राधिकरण ट्राईका पूर्वप्रमुख प्रदिप बैजलले आफ्नो पुस्तक ‘द कम्प्लिट स्टोरी अफ इन्डियन रिफर्मः टु जी पावर एन्ड प्राइभेट इन्टरप्राइजेज अ प््रयाक्टिस्नर डायरी'मा तत्कालीन प्रधानमन्त्री सिंहले टु जी काण्डमा मुछिएकालाई सहयोग नगरेको परिणाम नराम्रो हुने चेतावनी दिएको आरोप लगाएका छन्। सिंहले मोदी सरकारको कार्यकालमा देशको अर्थव्यवस्था झन् कमजोर भएको पनि दाबी गरे। सिंहले मेक इन इन्डियाको कुरा गर्ने मोदीको एक बर्से कार्यकालमा निर्यात घटेको र ग्रामीण क्षेत्रको स्थिति बिग्रेको बताए। पूर्वप्रधानमन्त्री सिंहको बयान सार्वजनिक हुनासाथै भाजपाले उनका आरोपको जबाफ दिएको छ। भाजपा प्रवक्त डक्टर संबित पात्राले पत्रकार सम्मेलन गरी सिंहको आर्थिक ज्ञान र सुझबुझको फाइदा भारतले नपाएको बताए। उनका अनुसार सिंह प्रधानमन्त्रीका रुपमा कठपुतली मात्र थिए। प्रवक्ता पात्राका अनुसार युपिए सरकारको १० बर्से कार्यकालमा भएको एउटै मात्र काम भ्रष्टाचार र सरकारमा लुट मात्र थियो। मोदी सरकारले भ्रष्टाचारमा रोक लगाएको दाबी प्रवक्ता पात्राको थियो।

‘देश रक्षाको कुनै सीमा हुँदैन’

नयाँ दिल्ली– भारतका रक्षामन्त्री मनोहर पर्रिकरले आफू देशको रक्षा गर्न कुनै पनि सीमासम्म जानसक्ने चेतावनी दिएका छन्। रक्षामन्त्री पर्रिकरले भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया पिटिआईसँग कुराकानीमा भने, ‘मेरो काम आफ्नो देशको रक्षा गर्नु हो। देशको रक्षा गर्न म जुन सुकै सीमा नाघ्न सक्छु। देश रक्षाका लागि जे गर्नुपर्ने हुन्छ, म गर्छु।' भारतमाथि आक्रमण गर्नेसँग उसकै भाषामा जबाफ दिइने पनि उनले बताए। गएसाता पर्रिकरको ‘आतंकवाद समाप्त गर्न आतंकवाद नै प्रयोग गर्ने' विवादास्पद अभिव्यक्तिको पाकिस्तानले कडा आलोचना गरेको थियो। उनको विवादित अभिव्यक्तिबारे पर्रिकरले आफूसँग पाकिस्तान प्रशासित कास्मिरमा आतंकवादी तालीम शिविर सञ्चालनमा रहेको पाकिस्तानी समर्थनबारे सोधिएको प्रश्नको उत्तर मात्र भएको पनि बताए। उनले आफ्नो भनाइ कुनै देशविरुद्ध नभएको र आफ्नो अभिव्यक्तिको एउटा अंशमात्र उद्धृत गरी अनर्थ लगाइएको दाबी गरे। पर्रिकरले भने, ‘न्युट्रलाइजको अर्थ समाप्त पार्नुमात्र हुँदैन, बरु आतंकवादीको पक्ष फेर्नु र उनीहरूलाई आत्मसमर्पण गराउनु हुन्छ।' यसको भोलीपल्टै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका सल्लाहकार सरताज अजिजले पर्रिकरको विवादास्पद भनाइको कडा विरोध गर्दै उनको अभिव्यक्तिबाट पाकिस्तानमा हुने आतंकवादी आक्रमणमा भारत संलग्न रहेकेा आशंका पुष्टि हुने बताएका थिए। रक्षामन्त्री पर्रिकरले भने, ‘यदि भारतलाई कसैले हानी पुर्या्उँछ भने मैले त्यसभन्दा अघि उसलाई रोक्न कारबाही गर्नुपर्ने हुन्छ। सेनाको उद्धेश्य नै कसैले आक्रमण गरे उमाथि प्रत्याक्रमण गर्ने हुन्छ। जसले जस्तो भाषा प्रयोग गर्छ त्यही भाषामा नै जबाफ दिनुपर्छ।' उनले १३ लाख सैनिकसहितको बलियो सेनाको अर्थ ‘शान्तिबारे प्रवचन दिनु' नभएको बताए। सैनिकमाथि कसैले आक्रमण गरे आक्रमणकारीलाई मार्ने आदेश आफूले सेनालाई दिएको पनि बताए।



 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page