top of page

विराटनगरका ३ डाक्टर पक्राउ

  • शुक्रबार ३ असार, २०७३ अजित तिवारी
  • Jun 17, 2016
  • 1 min read

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।

डा. जावेदलाई विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको सिआईबी ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका तीनै डाक्टरलाई जहाजबाट काठमाण्डौं लैजाने तयारी भइरहेको स्रोतले बतायो। अस्पालमा बिरामी जाँचिरहेका बेला बिरामीको पूर्जा नै काटेरै प्रवेश गरेका ब्यूरोका सादा पोशाकका प्रहरीले डा. अख्तरलाई पक्राउ गरेका थिए। लाइफ गार्ड अस्पतालका प्रवन्ध निर्देशक डा. कैलाशकुमार श्रेष्ठले अपरिचित केही व्यक्तिले डा. जावेदलाई अस्पालबाटै नियन्त्रणमा लिएर लगेको बताए। 'डा. जावेद केविनमा बिरामी जाँच्दै थिए, दुईजना बिरामीकै पूर्जा काटेर केविनमा छिरे,' डा. श्रेष्ठले भने, 'उनी डा. जावेदलाई लिएर गए।' डा. जावेदलाई सिआइबी ब्यूरोले अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको छ। भारत कत्तकता घर भएका डा. जावेद करिव डेढ दशकदेखि विराटनगरमै बसेर चिकित्सकीय सेवा पुर्याइरहेका छन् । डा. जावेदलाई ब्यूरोले पक्राउ गरेको विषयमा भारतीय दुतावासका विराटनगरस्थित फिल्ड कार्यालयले पनि चासो देखाइरहेको छ।


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page