उच्च शिक्षाको निर्देशन– साउन १६ भित्रै कक्षा ११ को पढाई सुरु गर
- मिडिया एनपी
- Jun 18, 2016
- 1 min read

मिडिया एनपी, काठमाडौं, ४ असार । एसएलसीको परिक्षा फल प्रकाशनसँगै केहि विद्यार्थी र अभिभावकमा अन्यौलता देखिएको छ । गे्रडिङ सिस्टममा परिक्षा फल प्रकाशित भएपछि विद्यार्थीमा मात्रै होईन उच्च शिक्षा पढाउनुु पर्ने शिक्षालय पनि कस्ता विद्यार्थीलाई भर्ना लिने भन्ने विषयमा अन्यौलमा छन् । तर, उच्च माध्यमिक शिक्षा परिषदले आउँदो साउन १६ गतेभित्रै ११ कक्षाको पढाइ सुरु गर्ने शैक्षिक संस्थालाई निर्देशन दिएको छ ।
शैक्षिक कार्यातालिका सहित परिषद्ले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै साउन १५ गतेभित्रै भर्ना गरी १६ गतेदेखि कक्षा सञ्चालन गर्न सबै क्याम्पस र विद्यालयलाई निर्देशन दिएको हो ।
Comments