top of page

एनसेल टावरमा आगजनी गर्ने पक्राउ

  • रासस
  • Jun 18, 2016
  • 1 min read

चितवन, ४ असार । प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिप्लंगा गाविस–९ खोटाङ घर भई भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राई रहेका छन् ।

भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनलाई आगजनीअन्तर्गत शुक्रबार मुद्दा चलाइएको छ । सो घटनामा संलग्न रहेका अन्य तीन जनाको खोजी कार्य भइरहेको छ ।

राई विप्लव नेतृत्वको नेकपा माओवादी चितवनका सचिवालय सदस्यसमेत रहेको बुझिएको छ । आगजनीबाट टावरमा सामान्य क्षति पुगेको छ ।


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page