top of page

ठगी गर्ने मेनपावर सरकारको निगरानीमा

  • रासस
  • Jun 18, 2016
  • 1 min read

बुटवल, ४ असार । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताए ।

रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको आज बुटवलमा उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र रु १० हजार भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिए ।

मन्त्री बोहोराले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताए । उनले भने वैदेशिक रोजगारमा गएर मृत्यु भएका परिवारलाई रु १० लाख र अपाङ्ग भएका व्यक्तिलाई रु पाँच लाख सरकारले दिने र उक्त रकम पीडितले आ–आफ्नो जिल्लाबाट पाउनेछन्।


 
 
 

Comentários


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page