top of page

रिक्सा चालकलाई ‘किक’ हान्ने प्रहरी कारबाहीमा

  • Nagariknews.com
  • Jun 19, 2016
  • 1 min read

विराटनगर- विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन्। रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा 'भाइरल' बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको हो।

रिक्सा चालकमाथि प्रहरी कर्मचारीले गरेको व्यवहार दुःखद् भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी पवनकुमार गिरीले बताए। 'रिक्सा चालकलाई कुटपिट गर्नु गलत हो,’ उनले भने, 'चालक कुट्नेमाथि कारबाहीप्रक्रिया सुरु गरिसकेका छौं।’ चालक कुटपिट गर्ने ट्राफिक प्रहरी जवानलाई स्पष्टीकरण सोधेर कारबाहीप्रक्रिया अघि बढाइसकेको गिरीले जानकारी दिए। उनले मातहतका सबै ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न सर्कुलर पनि पठाइसकेको बताए। गिरीले एउटा प्रहरी कर्मचारीको गल्तीलाई देखाएर पूरै संगठनको बदनाम हुनेगरी सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले थप दुःखी बनाएको बताए। 'सामाजिक सञ्जालमा पूरै संगठनलाई बद्नाम पार्नेगरी प्रतिक्रिया आउनु झन् दुःखद् छ,’ गिरीले भने।

उनले सामाजिक सञ्जालमार्फत पनि ट्राफिक प्रहरीका तर्फबाट घटनाबारे धारणा सार्वजनिक गर्ने बताए। ट्राफिक कार्यालय मोरङका प्रमुख धनप्रसाद सिवाकोटीले जाम हटाउनेक्रममा कुटपिटको घटना भएको बताए। उनका अनुसार विराटनगरको जलजला चोकस्थित एकतर्फी सडकमा चालकले रिक्सा पार्किङ गरेको देखेर रिक्सा हटाउन नजिकैका ट्राफिक प्रहरीले सिठ्ठी बजाए। सिठ्ठी बजाउँदा रिक्सा चालकले रिक्सा हटाएनन्। रिक्साको हावा खोल्न पुगेका ट्राफिक प्रहरीलाई देखेपछि मिचेर रिक्सा अगाडि बढाउँदा प्रहरीको हातमा चोट लाग्यो। चालकले चोट लाग्नेगरी रिक्सा अगाडि बढाएपछि रिसाएका ट्राफिक प्रहरीले चालकलाई व्यस्त चोकमै लात्तीले हिर्काए। प्रहरी कर्मचारीले यसरी कसैलाई पनि कुटपिट गर्न नहुने सिवाकोटीले बताए। उनले ड्युटीमा रहेका ट्राफिक कर्मचारीले गल्ती गरेकाले प्रहरी ऐनअनुसारको कारबाही अगाडि बढाएको बताए। सिवाकोटीले भने, 'प्रहरी ऐनअनुसार कारबाहीप्रक्रिया अघि बढाएका छौं।’


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page